इटहरी : प्रकोप व्यवस्थापन कोष इटहरीलाई जनता माविका विद्यार्थीहरुलेसमेत एक लाख १ हजार रुपैया सहयोग गरेका छन् ।
अति बिपन्न बालबालिकालाई सहयोग गर्नका लागि स्कुलमा अध्ययनरत विद्यार्थीहरुले जम्मा गरेको दिनको १ रुपैयाबाट नगरपालिकालाई सहयोग गरिएको हो । विद्यार्थीहरुले स्थापना गरेको समाज कल्याण कोषबाट प्रकोप व्यवस्थापन कोष इटहरी नगरपालिकालाई उक्त रकम सहयोग गरेको विद्यालयका प्रिन्सिपल छत्रपति ढुंगेलले जानकारी दिए ।
उक्त कोषबाट यसअघि पनि पटक पटक सामाजिक कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
स्कुल विद्यार्थीहरुलाई कसरी समाजसेवा र समाज कल्याण गर्न सकिन्छ भनी सिकाउने प्रयासमा रहेको दाहालले बताए