इटहरीः  कस्तुरी कलेज इटहरीका पूर्वविद्यार्थीले अष्ट्रेलियाको नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा आधिकारिक रूपमा वकिलको मान्यता प्राप्त गरेका छन्  । उनले २१ जुलाई २०२६ मा उक्त मान्यता प्राप्त गरेका हुन् । 


कस्तुरी कलेज इटहरीबाट कक्षा ११, १२ तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) पूरा गरेका उनलेको यो उपलब्धिले कलेज, परिवार र नेपाली समुदायमा खुसी छाएको छ।


सन् २००७ मा अष्ट्रेलिया प्रस्थान गरेपछि उनले निरन्तर अध्ययन र व्यावसायिक विकासलाई अघि बढाउँदै आएका छन् । ।  उनले मास्टर अफ प्रोफेसनल एकाउन्टिङ, अष्ट्रेलियन माइग्रेसन ल एण्ड प्राक्टिसमा ग्र्याजुएट सर्टिफिकेट तथा प्रोफेसनल इयर प्रोग्राम सफलतापूर्वक पुरा गरेका छन् । 


यसैगरी, द ट्याक्स इन्स्टिच्युटबाट उहाँले उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका छन् । उनले CTA1 फाउन्डेसन स्टडिज र ATL003 CTA2A एडभान्स्ड कोर्सवर्कमा डिस्टिंसन प्राप्त गरेका थिए । 


अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव हासिल गरेका उनी हाल ओएसिस एजुकेसन ग्रुप अष्ट्रेलियामा एजुकेसन एण्ड माइग्रेसन कोअर्डिनेटरका रूपमा कार्यरत छन् । 

aaaaaaaaaa


कानुनी क्षेत्रमा आफ्नो करियर अघि बढाउने उद्देश्यले उनले सन् २०२० मा चार्ल्स डार्विन युनिभर्सिटीबाट ब्याचलर अफ लज अध्ययन सुरु गरेका छन् । सन् २०२५ मा उक्त तह उत्तीर्ण गर्दा उनले ट्रस्ट र माइग्रेसन ललगायतका विषयमा उच्च डिस्टिंसन हासिल गरेका थिए । त्यसपछि उनले द कलेज अफ लबाट प्राक्टिकल लिगल ट्रेनिङसमेत पूरा गरेका हुन् ।


शैक्षिक तथा व्यावसायिक सफलतासँगै उनी नर्दन टेरिटोरीको नेपाली समुदायमा पनि सक्रिय रूपमा योगदान गर्दै आएका छन्। उनले एक दशकभन्दा बढी समयदेखि समुदायका विभिन्न गतिविधिमा सेवा पुर्‍याउँदै आएको बताइएको छ।


उनी नेपाली संगीत क्षेत्रमा समेत सक्रिय छन्। भावपूर्ण गायक तथा गीतकारका रूपमा उनले आफ्नो युट्युब च्यानलमार्फत आठभन्दा बढी व्यावसायिक गीत सार्वजनिक गरिसकेका छन्।


नर्दन टेरिटोरीको सर्वोच्च अदालतबाट वकिलको मान्यता प्राप्त गरेपछि उनले आफ्नो विविध अनुभवलाई उपयोग गर्दै मुख्यतः माइग्रेसन ल अर्थात् अध्यागमन कानुनको क्षेत्रमा अभ्यास गर्ने लक्ष्य राखेका छन्। उनले आफ्नो कानुनी ज्ञान र व्यावसायिक अनुभवमार्फत अष्ट्रेलियामा नयाँ अवसर खोजिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने योजना बनाएका छन्।


उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिएका छन्। उनकी श्रीमती रजिस्टर्ड नर्स तथा चार्ल्स डार्विन युनिभर्सिटीकी पूर्वविद्यार्थी हुन्। उनीहरूका दुई छोरी छन्।


उनले आफ्नो यात्रामा श्रीमती र परिवारबाट प्राप्त निरन्तर साथ, सहयोग र प्रोत्साहनप्रति कृतज्ञता व्यक्त गरेका छन्। कस्तुरी कलेज इटहरीबाट सुरु भएको उनको शैक्षिक यात्रा अष्ट्रेलियाको सर्वोच्च अदालतसम्म पुग्नु नेपाली विद्यार्थीका लागि प्रेरणादायी उदाहरण बनेको छ।