इटहरीः कोरोना भाइरस( कोभिड १९ ) को संक्रमणले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमणबाट नेपाल पनि जोगिन सकेन् । अन्य देशको तुलनामा नेपालमा संक्रमणको संख्या ज्यादै न्यून छ र संक्रमितको संख्या नबढोस् भन्ने चाहाना सबै नेपालीको छ । कोरोना भाइरसको संक्रमण रोक्नकै लागि नेपाल सरकारले देशरभी नै लडकडाउन गरेको छ । पछिल्लो पटक सरकारले आउने नयाँ बर्ष ०७७ को बैशाख ३ गतेसम्मलाई लकडाउनको घोषणा गरेको छ । आफु, आफ्नो परिवार, समाज,, गाँउ टोल अनि देशलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन हामी नेपालीहरु ज्ञानी भएर सरकारले घोषणा गरेको लकडाउनको छिटफुट बाहेकले पूर्ण पालना गरिरहेका छौं । लकडाउनका बेला दैनिक श्रम गरेर जीवन चलाउनेहरु र अति विपन्न परिवारका सदस्यहरुलाई भोकै नराख्नका लागि तीनै तहका सरकार व्यवस्थित तरिकाले राहत वितरणमा लागि नै परिरहेका छन् । घाम डुबेपछि भोलिपल्ट विहान नवकिरण लिएर उदाउछ नै । त्यसरी नै नेपालीबासी मात्रै नभई विश्वका मानव जाति कोभिड १९ विश्वबाटै कहिले नै नझुल्कने गरि सदाका लागि अस्ताउने आशामा छन् । पक्कै पनि आशाका नयाँ किरण आउन अब धेरै समय लाग्ने छैन् । यहि आशाका बीचमा हामी सुनसरीको प्रकाशपुरको राजवासमा बुधबार साँझ पुगेका थियौ । सो स्थान पुगेपछि जो कोहीलाई कोशी नपुगि चित्तै नबुझ्ने । लकडाउन अघि निकै आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिने कोशी धेरै स्थानहरु पुरै सुशान देखिए । श्रीलंका टप्पुबासी र पर्यटकहरुलाई कोशीनदी वारीपारी गराउने माझी नाउ खियाउन छोडी लकडाउनमा घरै बसेकाले डुङ्गा (नाउ) पनि कोशी नदि किनारमा यात्रुकै प्रतिक्षामा हप्तौ अघिबाट डोरी र बाँसको किल्लामा लकडाउन भएको अवस्थामा भेटिए । राजाबास वरिपरी र कोशी किनारबाट लिइएका केही फोटो तपाईहरुका लागि ।

 

92206657_1078500925850363_1725192481953284096_n 92334415_927891190976715_4055739369959456768_n 92054624_527745597932510_5583328403852886016_n 92758050_3033155030106830_2915305530010370048_n 92817986_682294869188213_6553998524646686720_n 92591637_589004048629994_1949786754336686080_n 91984726_534072834159586_7322335841387282432_n 92493694_2567966120189579_8860287858271846400_n 92955835_149604876471418_2719102305713520640_n 92692660_249593463106298_2462979391374753792_n 92559005_247309306657889_207780158319362048_n 92255423_253397489391887_2497293560139743232_n