भोजपुर: यतिबेला देश लकडाउनको अबस्थामा करिब एक महिना अगाडी देखि गुज्रीरहेको छ ।

यस कोरोना भाईरस (कोभिड १९) का कारण विश्वका अधिकाशं देशमा हालसम्म १ लाख ६० हजार भन्दा माथि ब्यक्तिले ज्यान गुमाइसकेका छन् । यसको असर नेपालमा पनि परिरहेको अथवा हामीले प्रत्यक्ष रुपमा भोगिरहेका छौं । हाल नेपालमा आजका मिति सम्म ३१ जनालाई कोरोना भाईरस लागेको र उनीहरुको उपचार भईरहेको छ, भने ४ जना बिरामी निको भई घर समेत फर्किसकेका छन् । य

स भाईरसबाट जोगिनका निम्ति संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले आफ्नो क्षेत्रबाट सक्ने पहल गरिरहेका छन् । यसैबिच भोजपुरको आमचोक गाउँपालिकाले पनि यस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्नका लागि केही महत्वपरर्ण निणर्य गरिको छ ।

शनिबार बसेको गाउँपालिकाको बैठकले पालिका भित्र प्रवेश गर्ने नाका बन्द देखि ज्यालादारमा काम गर्ने मजदुरलाई राहत सामग्री बितरण गर्ने सम्मको निर्णय भएको आमचोक गाउँपालिका अध्यक्ष असोक राईले जानकारी दिए ।

उक्त बैठकबाट गाउँपालिका भित्र बसोबास गर्ने दीर्घ रोगी तथा नियमित औषधी सेवन गर्ने बिरामीलाई सो वडाका वडाअध्यक्ष तथा स्वास्थ्यकर्मी सगँ सहकार्य गरी औषधी उपलब्ध गराउने समेत निर्णय भएको छ ।

यसैगरी पालिकामा प्रवेश गर्ने अन्य जिल्ला वा बिदेशबाट आएका ब्यक्तिलाई निशर्त क्वारेन्टाइनमा राख्ने, वडा स्तरीय शाखा नाकाहरु ब्यबस्थित गर्नका निम्ति स्वंयसेवक टोलि निमार्ण गरी खटाइने समेत भएको छ । यस्तै बालंखामा रहेका क्वारेन्टाइन बाहेक अन्य क्षेत्रका लागि वडा नम्बर ९ दुम्माना र वडा नम्बर ६ बयाङमा १५÷१५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय भएको अध्यक्ष राईको भनाई छ ।

aamchok gapa 1
केही समय अगाडी पालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी पालिका अध्यक्ष र उपाध्यक्षको एक महिना बराबरको सेवा सुबिधा उक्त कोषमा जम्मा गर्ने, कार्यपालिका सदस्य तथा वडा अध्यक्षबाट प्रतिब्यक्ति पाँच हजारका दरले राहत कोषमा जम्मा गर्न लगाउने । त्यस्तै वडा सदस्याहरुलाई जनहीं एक हजारका दरले कोषमा जम्मा गर्न पनि लगाएको थियो । यसै बिच गाउँपालिकाले यो बिपदको बेला सहयोग गर्नका निम्ति उद्योगी, ब्यापारी, लगायत अन्य महानुभावलाई सहयोग गर्न अपिल समेत गरेको छ । जसको लागि गाउँपालिकाको सिद्धार्थ बैंक आमचोक शाखामा रहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता नम्बर ०२६१५३६२११० मा नगद जम्मा गर्न समेत सबैमा अनुरोध गरेको छ ।

aamchok gapa