इटहरी:काठमाडौंदेखि आएर इटहरीमा विचल्लीमा परेका संखुवासभाका १९ जनालाई इटहरी उपमहानगरपालिकाले सुनसरीको सिमानाका भेडेटारसम्म पुरयाएको छ ।

गर्भवती महिला, ज्येष्ठ नागरिक,बालबच्चासहित इटहरी आइपुगेको समुहलाई इटहरी उपमहानगरले बिहानको खाना समेत खुवाएको थियो ।

प्रदेश पोर्टल सगँ कुरा गर्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भनिन् हामीले धेरै ब्यतिmलाई सम्पर्क गरेर गाडीको ब्यबस्था गर्नु परर्यो भनियो तर तत्कालै गाडी उपलब्ध नभएपछि पालिकाको टिपरमै हालेर पुरपायौं ।

बिहानको खानाको ब्यवस्था गरेर उपमहानगरले गाढी चढाएर भेडेटारसम्म पुर्याइएको उपमेयर गौतमले जानकारी दिइन् । भेडेटारबाट धनकुटाको उत्तरी सिमासम्म पुरयाएको र धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव विमलीसँग अनुरोध गरेपछि उनीहरुलाई गन्तब्यमा पुर्गाईसकिएको उपमेयर गौतमको भनाई छ । संखुवासभाका ती नागरिकहरु काठमाडौबाट बिहान पुर्वजाने बसमा इटहरी आइपुगेका थिए ।
फोटो सम्राट थापाको फेसबुक वालबाट

upameyar 2jpg