इटहरीः पूर्व पश्चिम राजमार्गको बेलबारीदेखि बिर्तामोडसम्मको सडकसँग जोडिएको जङ्गल क्षेत्र अघोषित डम्पिङ साइटजस्तो देखिन्छ । धुर्मुस सुन्तली फाउन्डेसनले एकपटक पूर्व पश्चिम राजमार्ग सफाइ अभियान थालेपछि सबैले सफाइ अभियानमा साथ दिएका थिए । तर अभियानको समयमा मात्रै यो क्षेत्र सफा देखियो । फेरि समस्या जस्ताको तस्तै छ ।
सवारीसाधनबाट पनि जङ्गल क्षेत्रमा फोहोर फ्याँकेको पाइन्छ । यात्रुहरूले पानीका बोतल, फु्रटी तथा विभिन्न स्न्याक्स र फास्टफुडका खोल जथाभावी रूपमा जङ्गल क्षेत्रमा फ्याँक्ने गरेको पाइन्छ ।
त्यतिमात्रै होइन मलामीलाई खाजा खुवाएपछि उत्पादन हुने फोहोरको पनि उचित व्यवस्थापन नहुँदा जङ्गल क्षेत्रको सडक डम्पिङसाइटजस्तै भएको छ । अझ साना बजारका छेउमा रहेका कलभर्टमुनि फोहोरमात्रै भेटिन्छ ।
हेरौं, बेलबारीदेखि बिर्तामोडसम्मको सडक क्षेत्रमा फोहोर फ्याँकेर कसरी सडकलाई डम्पिङ साइट बनाइँदैछ ।
शब्द/तस्बिरः गुरु ढकाल