इटहरी: इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरेको छ । 

वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरेको  हो ।

केही वडाले बुधबार देखि नै राहत बितरण गर्न शुरु गरेका छन् । तर केही वडाको पहिलो चरणको भुत्तानी ढिलो भएकाले केही दिन मै दोश्रो चरणको राहत बितरण गर्ने तयारी रहेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिएको पालिकाले जानकारी दिएको छ।

संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको हो । परिवारमा दुई भन्दा वढि संख्या हुनेलाई २० केजी चामल,दुईकेजी दाल,डेढलिटर तेल,एक केजी नुन र दुइवटा सावुन दिइने छ भने घरमा दुइजना सम्म भएकालाई १० केजी चामल,एक केजी दाल,आधा लिटर तेल,एक केजी नुन र एक थान सावुन वितरण गरिदै छ ।

केही वडाहरुले मापदण्डमा परेका ब्यक्तिहरुलाई कुपन वितरण गरेर त्यहि कुपनका आधारमा राहत वितरण गर्दै आएका छन् ।
यसअघि पहिलो चरणमा इटहरीमा २० हजार वढिलाई राहत वितरण गरिएको उपमेयर गौतमको भनाई छ ।