इटहरीः सरकारले आज सार्वजनिक विदा दिएकाो छ । आज बुद्ध जयन्ती र चण्डी पूर्णिमा परेकाले सार्वजनिक बिदा दिएको हो ।
आज बुद्धजयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको गृह मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्माओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनकाप्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेको थापाले जनाए ।