संखुवासभाः मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि अलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको हो ।
युवा विकास केन्द्रको आपतकालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्दार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । मकालु आधार शिविरको भ्रमणमा आएका उनी लक डाउनका कारण अलपत्र परेका थिए । लकडाउनका कारण अलपत्र परेका उनलाई २२ चैतमा प्रहरीले उद्दार गरि जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी वान्समोर होटल खाँदबारीमा राखेको थियो । २६ वर्षीय आर्टेमलाई आइतबार पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ । उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर काठमाडौं पठाइने युवा विकास केन्द्रको संखुवासभाका संयोजक विजय कार्कीले जानकारी दिए ।

received_3083754635015870