इटहरीः प्रदेश नम्बर १ को मात्र नभई देशको पूर्वी भागकै केन्द्र विन्दुका रुपमा विकास भईरहेको इटहरी मेघा सिटी बन्ने संभावना बोकेको सहर पनि हो ।
यो सहरमा नेपालकै तेस्रो ठूलो मेघा सिटी बन्ने आधारहरु धेरै नै रहेको विज्ञहरुको तर्क छ । विकासको मूल फुटाई इटहरीलाई अबको २० बर्षमा देशकै तीन मेघा सिटीमा पार्नका लागि सबै एकै स्थानमा आई विकासका लागि अगाडी बढ्न जरुरी देखिन्छ ।
इटहरी उपमहानगरपालिका भएपछि यसको क्षेत्रपनि विस्तार भएको छ । उपमहानगरवासीको विकास प्रतिको चाहनापनि पहिलेको तुलनामा धेरै नै बढीरहेको छ । नगरवासीको चहाना बुझेर इटहरी सरकारको नेतृत् वगर्नेहरुले आउने आर्थिक बर्षको निती तथा कार्यक्रममा विकासलाई समेट्न सक्नु पर्छ । विकास भन्नाले केबल सडक निर्माण, विजुलीको पोल विस्तार र भवनहरु ीनर्माण मात्र होइन भन्ने बुझ्न अब चाँही जरुरी भईसकेको छ ।
यसैबीच इटहरीमा सक्रिय फोटो पत्रकारिता गरिरहेका सुर्वण बिष्टले ड्रोन क्यामेराबाट इटहरीका केही स्थानलाई कैद गरेका छन् । ड्रोन अपरेटिङमा चलचित्र समेत निर्देशन गरिसकेका बहुप्रतिभाका धनी श्रीकुमार साम्पाङ राईले सहयोग गरेका छन् । उनिहरुले यी तस्विर इटहरी उपमहानगरपालिका लागि क्यामेरामा कैद गरेका हुन् ।