धरानः लकडाउन पछि होटलहरु ग्राहकसँग भएको रकम अनुसार ओपन बजेटमा संचालन गर्नुपर्ने अन्तराष्ट्रिय पर्यटनविद राज बसुले बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघले सुक्रबार जुम एप्लीकेशनको माध्यमबाट विभिन्न पर्यटन व्यवसायीहरु सहित पर्यटनविद बसुसँग चलाएको छलफलमा उनले सो कुरा बताएका हुन् ।
कोरोना संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन व्यवासाय धरासयी बन्दै गएको उनले बताए । छलफलमा पर्यटन व्यवसाय धराशायी भयो भनेर अतालिनु भन्दा पनि लकडाउन पछि होटलहरु ग्राहक सँग भएको रकम अनुसार ओपन बजेटमा संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
संघले कोभिड – १९ ले पर्यटनमा पारेको प्रभाव र आगामी प्रयास” कार्यक्रममा वक्ताका रुपमा आमन्त्रित वसुले लकडाउन पश्चात होटलमा कोभिड १९ को सुरक्षित वातावरणमा नाफा मूलक भन्दा पनि ग्राहकसंग भएको रकम अनुसार ओपन बजेटमा चलाउनु पर्ने उनको सुझाव थियो ।
उनले भने, –‘अब नाफामूलक भन्दा पनि ग्राहकमैत्री मेनु र होटलमा कोभिड–१९ को परिप्रेक्ष्यमा सान्दर्भिक वातावरणमा गेष्ट आउँदा वेलकम ड्रिङ्क्सको ठाउँमा बेसार पानी, अदुवा पानी खुवाउने परिपाटी र कोठा, रिसेप्सन, शौचालय लगायतका ठाउँमा सेनिटाइज गर्नुपर्ने तथा ग्राहकलाई विश्वासको वातावरण बनाउन जरुरी छ ।’
संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले स्वागत मन्तव्य गरि शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य विष्णु बरालले गरेका थिए । साक्षात्कार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नंं. १ का पर्यटन संयोजक भवेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुके, अन्तुडाँडा होमस्टेका रुद्र घिमिरे, वाग्लुङका पर्यटनकर्मी निलेश राजभण्डारी, धरानका पर्यटन व्यवसायी वासुदेव वराल, रञ्जना झा, कर्ण राई, झापाकी संचारकर्मी मनिषा चौलागाईं, खोटाङका राज लयालु, वसन्तपुरका प्रकाश श्रेष्ठ लगायतले आफ्ना जिज्ञासाहरु राखेका थिए । संघका कार्यसमिति सदस्य एलिना मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रम करिब २ घण्टा चलेको थियो । लक डाउनको अवस्थामा प्रविधिको प्रयोग गरि आयोजना गरिएको कार्यक्रम पर्यटनकर्मीहरुका लागि निकै फलदायी रहेको संघका महासचिव राजेश अग्रवालले बताए ।