संखुवासभा:आज संखुवासभामा कोरोना संक्रमण देखिएका २ जना रुपन्देहीको सुनौली नाका हुँदै संखुवासभामा आएको खुलेको छ । उनीहरुलाई खाँदबारी नगरपालिका ले उद्धार गरी गत जेठ १३ ल्याएको हो । २ संक्रमित सहित सुनौली नाकाबाट खाँदवारी नगरपालिकाका ७ , भोजपुरको षडानन्दनगरपालिकाका ६ र धनकुटा नगरपालिकाका ३ गरि जम्मा १६ जना सगंैं आएका थिए । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्वाबमा संखुवासभा जिल्लाका ७ जनाको पिसिआर रिपोर्टमा २ जनाको पोजेटिभ आएको छ भने अन्य ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सङ्गै आएकामा पोजेटिभ देखिएपछि धनकुटा र षडानन्द नगरपालिकालाई खबर गरि सकिएको जिल्ला समन्वय समितका प्रमुख सुमन शाक्यले जानकारी दिए । यस्तै ७ जनालाई गाडीबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको हुँदा आत्तिं हाल्नु पर्ने अबस्था नरहेको तर सचेत हुन सबैमा प्रमुख शाक्यले अनुरोध गरेका छन् ।

कोरोना संक्रमित २ जनालाई थप उपचारको लागि एम्बुलेन्सबाट कोशी अञ्चल अस्पालमा लाने तयारी भईरहेको जानकारी जनस्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले दिए ।

षडानन्द नगरपालिकाका ६ ब्यक्तिलाइ अरुण गाऊपालिकाको क्वारेन्टाइन मा राखिएको षडानन्द नगरपालिका उपप्रमुख मेरीका राईले जानकारी दिइन्। उनीहरूको स्वाब संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरिएको छ । यस्तै धनकुटाको ३ जनाको पनि स्वाब संकलन गरी परीक्षणको पठाईएको छ ।

यो पनि : संखुवासभाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि