इटहरी : प्रदेश १ को तेह्रथुममा पनि कोरोना संक्रमण भएको छ । सो जिल्लाको आठराई गाँउपालिकाका २ जनाा कोरोना संक्रमण पुष्टि भएको हो । सो गाँउपालिकाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि धनकुटाको सहिदभूमि गाँउपालिकाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच बुधबार मात्र प्रदेश १ मा थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा मात्रै कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा १२ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । संक्रमित मध्ये ४८ जना उपचार पछि निको भएका छन् । नेपाल भरी भने आज एकै दिनमा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो पनि:  दुई हप्ता अघि भारतबाट आएका सुनसरीका ७ जनामा कोरोना संक्रमण पुष्टि