इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा रहेको तालतलैयालाई प्रदेशकै गौरवको आर्कषक पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आज प्रदेश नम्बर १ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बताए ।
त्यसैगरि इटहरीमा अन्तराष्टिय स्तरको सम्मेलन केन्द्र निर्माण कार्य अगाडी बढाइने भएको छ । इटहरीलाई स्मार्ट सिटीका रुपमा विकास गर्न बाहिर चक्रपथ निर्माणको कार्यको अध्ययनको कार्य थालिने पनि प्रदेश प्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।