इटहरी /  करिब ८० करोड हाराहारीको लगानीमा इटहरीमा पहिलो पटक स्टार लेभलको होटल खुल्ने भएको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गरिमा होटल ‘फाइभ स्टार’ तहको हुने सञ्चालक बलराम आचार्यले जानकारी दिएका छन् ।

सञ्चालकद्वय भीम पौडेल र बलराम आचार्यले यो होटल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सञ्चालक आचार्यका अनुसार आउँदो दसैं सम्ममा होटललाई पूर्ण तयारीमा ल्याइने छ । यो होटल प्रदेश नम्बर १ मा हालसम्मकै सुविधा सम्पन्न होटल हुने सञ्चालकहरुको दाबी छ । ‘हामीले अहिलेसम्म फाइभ स्टार तहका लागि नै संरचना बनाएका छौं,’ आचार्यले भने, ‘हेरौं अनुमति कुन तहको पाइन्छ ।’ १ बिगाहा क्षेफलमा फैलिएको होटलमा २ वटा स्वीमिङ पुल रहने छन् । जसमध्ये एउटा पुल वयस्कका लागि हो भने अर्को बालबालिकाका लागि हो । होटलको कुल क्षेत्रफल डेढ लाख स्क्वायर फिट रहेको छ । अन्डरग्राउण्डसहित ८ तलाको हुने सो होटलमा ८८ वटा कोठा रहनेछन्, जसमा १२ वटा स्वीट रुम रहनेछन् । होटलको अर्को विशेषता भनेको प्रेसिडेन्ट स्वीट रुम हो । यो होटलको पूरा भागको आधा भागमा एउटा कोठा फैलिएको हुनेछ ।

यो विशेष पाहुनाका लागि व्यवस्था गर्न लागिएको हो । राष्ट्रका प्रमुख व्यक्ति तथा अन्य देशबाट आएका अति महत्वपूर्ण व्यक्तिलाई मध्यनजर गरेर सो कोठा तयार हुँदै छ । सञ्चालक भीम पौडेलका तर्फबाट होटलको निर्माण हेरिरहेका विनोद पौडेलका अनुसार ४ हजार ५ सय स्क्वायर फिटमा फैलिने उक्त कोठा होटलको विशेष आकर्षण हो । उनले सुरक्षाको दृष्टिले होटललाई सुरक्षित बनाइने बताएका छन् । सोहीअनुसार विशेष सुरक्षाको प्रबन्ध गरिने र आउने पाहुनालाई कुुनै पनि प्रकारको असुरक्षित महसुस हुन नदिने उनले बताए । ‘हामीले देश विदेशका पाहुुनालाई मध्यनजर गरेर यो गुुणस्तरको होटल निर्माणमा खर्च गरेका हौँ । यहाँ सुरक्षाको बारे ढुुक्क हुनुपर्छ,’ उनले भने । इटहरीमा साना तथा मझौला गरी दर्जनौँ होटल रहे पनि सुविधासम्पन्न स्टार तहका होटल भने थिएनन् । यस होटलको सञ्चालनले यस क्षेत्रको व्यापार प्रवद्र्धनमा टेवा पुुग्ने सञ्चालकहरूको भनाइ रहेको छ ।

सञ्चालक आचार्यका अनुसार देशबाहिरका पाहुनाका लागि विश्वस्तरको सेवा सुविधा चाहिन्छ । गरिमाले सोहीअनुसारको सेवा प्रदान गर्छ । ‘होटल सञ्चालनमा आएपछि इटहरीको आर्थिक क्षेत्रमा टेवा पुुग्ने विश्वास लिइएको छ’, उनले भने, ‘आर्थिक तथा पर्यटन क्षेत्रको सम्भावना बोकेको पूर्वलाई यो होटलले केही हदसम्म सघाउ पुु¥याउँछ भन्ने लागेको छ ।’ आकर्षक रेष्टुरेन्ट र २ वटा सुविधासम्पन्न ब्याङक्वेट होटलका थप विशेषता रहेका छन् । होलटमा करिब २ सय ५० ले रोजगारी पाउने बताइएको छ ।