भोजपुरः कोरोना संक्रमित पुष्टि भएको २४ घण्टा बिति सक्दा एम्बुलेन्स नपाएपछि भोजपुरका ५ संक्रमितलाई अस्पताल पुर्याउन समस्या भएको छ । भोजपुर जिल्ला भित्र रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका ५ वटा एम्बुलेन्स भएपनि दुई वटा बिग्रेर थन्किएका छन् । अन्य तीन वटा बिरामी लिएर धरान, विराटनगर झरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए ।

डिएसपी मगरले भने ‘जो कोही गाडीले बोक्न नमान्ने भएकाले हामीले एम्बुलेन्स खोजी गरिरहेका छौं । तराईबाट एक एम्बुलेन्स भोजपुर आएकाले त्यहि एम्बुलेन्समा धरान लाने वा अन्य खोजी गरी जति सक्दो चाडैं अस्पताल पठाउने तयारी गरेका गर्दै छौं ।’

भोजपुरमै भएका एम्बुलेन्सलाई मर्मत सम्भार नहुँदा समस्या आएको उनको भनाई छ । अहिले संक्रमित पाँचैं जनालाई अरुण गाउँपालिकाको जरायोटारमा होल्डिङ एरिया भित्र राखिएको छ । उनीहरुलाई शुक्रबार कोरोना संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित ५ जना षडानन्द नगरपालिकाका रहेका छन् । भारतबाट सुनौली नाका हुदैं केही दिन अगाडी भोजपुर उनिहरु पुगेका थिए ।

यो पनि: भारतबाट भोजपुर आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

 यो पनि: भोजपुरका कोराना संक्रमितलाई शनिबार उपचारका लागि धरान लाने तयारी