भोजपुर :भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुसँगै स्वाव लिइएको अन्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
कामका शिलसिलामा भारत गएका उनिहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट जिल्ला ल्याईएको थियो । संखुवासभाका २ जनामा कोरोना पुष्टि भएकाहरुसँगै आएका उनिहरुको १८ गते ४० जनाको स्वाव लिएर परिक्षणका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।
संक्रमितलाई कहा पठाउने भन्ने बारेमा छलफल भैरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ ।

यो पनि: भोजपुरको पौवादुङमा गाउँपालिकाका थप ७ जनामा आरडिटि पोजेटिभ, स्वाब परिक्षणका लागि प्रतिष्ठान पठाइयो

 यो पनि: ९ जनाको आरडिटि पोजेटिभ,भोजपुरको पौवादुङमा गाउँपालिका सील