इटहरी :प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन सय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९६ पुगेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार बुधबार मोरङका ८ जना, झापाका ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन ।
झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको हो । गौरादहका संक्रमित महिला हुन् । उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यता कोरोना जितेर घर फर्किनेको संख्या १२५ रहेको छ ।
यो पनि: प्रदेश १ बाट एकै दिन थप ३४ जनाले कोरोना जितेर घर फर्किए