इटहरी :सामाजिक सञ्जाल फेसबुकबाट सञ्चालित अभियान मार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले शुक्रबार सुनसरीको इटहरीमा प्रदर्शन गरे । उनिहरुले फेसबुकमा एउटा गुप्र बनाए । पछि बोल्दाबोल्दै नेपाल सरकार विरुद्ध शान्तिपुर्ण आन्दोलन गर्ने सल्लाह गरे ।

उनीहरुले नियम बनाए २ घण्टा चर्को घाममा उभिन सक्नु पर्छ, कतै हिड्ने हैन, हातमा पञ्चा हुन्छ, मुखमा माक्स हुन्छ । त्यसलगत्तै नेपाल सरकारको काम देखि आजित भएका युवाहरुको समुह इटहरी चोक देखि इटहरी पालिका गेट सम्म दुईलाइनमा उभिएर शान्ति पुर्ण विरोध गरे । मास्क र पञ्जा लगाएर उभिएका युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनु पर्ने लगायतका माग राखेका छन् ।

उनीहरुले सरकारलाई ब्यङ्यका रुपमा बिरोध गर्र्दै बिभिन्न कार्ड बोकेका थिए । प्रदर्शनकारीले बोकेको एउटा प्लेकार्डमा प्रधानमन्त्री केपी शर्माले सासंद भवनमा रोष्टर्मबाट नेपाली काङ्ग्रेसका नेता गगन थापालाई उत्तर दिदै मैले भनेको शब्दलाई मिलाएर ‘१० अर्बको हिसाब चाहियो, मैले भने भर्खरै ।’

IMG_20200612_165359 IMG_20200612_164113 IMG_20200612_161217 IMG_20200612_161441 IMG_20200612_163728 IMG_20200612_160808 IMG_20200612_163848 IMG_20200612_165359 1 IMG_20200612_162337 IMG_20200612_160835