इटहरी: नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाई बहुमतले पारित भएपछि इटहरी चोकमा विभिन्न पार्टि तथा युवा समुहले खुसी मनाएका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । चोकमा उपस्थित नेकपा इटहरी पार्टीका नेता, युवा संघ तथा अनेरास्ववियूका नेता तथा कार्यकर्ता भेला भएका थिए ।

यस्तै समाजबादी विद्यार्थी युनियन, तथा युवा समुहले नेपालको झण्डा बनाई दिप प्रज्वलन गरी खुसियाली मनाएका हुन् ।

 

IMG_20200613_191150 IMG_20200613_191142 IMG_20200613_191152 IMG_20200613_190227 IMG_20200613_191445 IMG_20200613_190827 IMG_20200613_190534 IMG_20200613_190844 IMG_20200613_191246 IMG_20200613_190930 IMG_20200613_190444 IMG_20200613_190707