धरानः पुर्वको धरान कलाकारहरुको उर्वर भुमि भएपनि अहिलेसम्म एउटा नाटक मञ्चन गर्ने नाट्यघर घर थिएन । रङ्गकर्मीहरुले विभिन्न स्थानमा अव्यवस्थित तरिकाले नाटक मञ्चन गर्दै आएका थिए । धरानमा विहिवार लामो समयपछि नाटक घरको शिलान्यास भएको छ ।
संघिय संसद जय कुमार राईले आज धरानको सभागृहमा लामो समयको विवाद मिले पछि नाट्य घरको शिलान्यास गरेका हुन । धरान उपमहानगरपालीकाले र नाट्यकर्मीहरुले सो नाट्यघर निर्माणका लागी निकै गृहकार्य गर्नु परेको थियो । वडा नंं. ८ का स्थानियवासीहरुले निर्माण हुन नदिने भनेर विरोध गरेपछि समस्या आएको थियो । धरान नगरले विभिन्न पहल गरेपछि वडावासी सहमत भएका थिए ।
धरान उपमहानगरपालीकाले तयार पारेको डि पि आर अनुसार नाट्यघर निर्माणको लागत ५ करोड रहेको छ । सघिय संसद जय कुमार राईको स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत ४० लाख रुपैया विनियोजन गरेपछि शिलान्यास भएको हो ।
कार्यक्रमका प्रमुख अथिति जय कुमार रार्इंंले एक कार्यक्रमका विच नाट्यघरको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै उनले े जुन आशकका कारण विवाद भयो त्यो हुन नदिने भन्दै जसरी पनि निर्माण गर्न पहल गर्ने वताएका छन । उनले भने अव शिलान्यास भएको छ यसको निर्माणका लागी स्थानिय, प्रदेश र संघिय सरकारसम्म पहल गर्ने पनि वताएका छन । हरेक राजनितिक दलले निर्वााचनमा नाट्यघर स्थापना गर्ने आफ्नो घोषणपत्रमा राख्ने अनि निर्माण नगर्ने गरेका थिए तर मैले धराने कलाकारको आवश्यकतालाई मध्यनजर गरेर र घोषणपत्रको कुरालाई कार्यन्वयन गर्न वजेट विनियोजन गरेको उनले बताए ।

20200618_140257
धरान नगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अथितिका रुपमा सांसद राई थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख मञ्जु भण्डारीले धरानमा नाट्यघर बन्नु ठुलो गौरवका कुरा रहेको वताइन । यो नाट्यघर नाट्यकर्मीको मात्रै नभएर सम्पुर्ण साहित्य। कलाका लागी उपयोगी हुने पनि प्राध्यापक टंक न्यौपानेले बताए । नाट्यघर निर्माण गर्न नहुने भन्दै १५ वटा टोल विकास समितिका प्रतिनिधित्व गर्ने नन्दु राईले खानेपानीको उदाहरण दिदै विराधका ा लागी मात्रै विरोध नभएर धरानका धेरै योजनाहरु कार्यन्वयन हुदैन । र यो पनि त्यस्तै हुन्छ भनेर हामीले विरोध गरेका थियौ तर आफुहरु विकासको विरोध नभएको बताए ।

20200618_142520 20200618_142458