इटहरी :ओखलढुंगा जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ । केही अघि भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा आज उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पोजेटिभ देखिएका युवा लाई क्वारेन्टाइनमा रहेको बताइएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले बताएको छ । यो सगैं प्रदेश एकका सबै जिल्लामा कोरोना देखिएको छ । अन्य १३ जिल्लामा देखिएपनि ओखलढुंगामा देखिएको थिएन अब भने प्रदेश एकका १४ जिल्लामा मै कोरोना भाईरस फैलिएको छ । हाल सम्म प्रदेश भित्र कोरोना संक्रमितको संख्या ४४९ पुगेको छ भने २३४ जना निको भएर घर फर्किसकेका छन् ।