संखुवासभा: विपन्न तथा गरिबीको रेखा मुनि रहेका दलित,जनजाति,महिला,युवा तथा आर्थिक रुपले पिछडीएका बर्गलाई स्वरोजगार बनाई आत्म निर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइरहेको छ । संखवासभा घरेलु तथा साना उद्योग कार्यालयले सेवा प्रदायक संस्था छनौट गरि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सहयोगि संस्था नेपालले अहिले जिल्लाका पाँच स्थानिय तहमा सिपमुलक तालिम संचालन गरिहेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय सहयोग तथा सहयोगि संस्था नेपालको आयोजनामा सभापोखरी गाउँपालिकामा नयाँ उद्यमी सिर्जना तर्फ –२० जनालाई सिपमुलक तालिम दिएको छ । सभापोखरीका न्यून आय भएका परिवार छनौट गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर–१ मा १० जना उद्यमीलाई ४५ दिन बाँसको मुडा बनाउने तालिम दिइसकेको छ । उनीहरुलाई सहयोगि संस्था नेपालले स्थानिय उत्पादन बाट स्वरोजगार बनाई आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बनाई सहज जिवनयापनमा सहयोग पुग्ने उद्देश्यले सिपमुलक तालिम सिकाइएको सहयोगि संस्था निर्देशक दिपक कार्कीले बताए । त्यस्तै वडा नम्बर–२ का १० जनालाई ब्यवसायिक तरकारी खेती तालिम दिइएको छ । सिपमुलक तालिमले स्थानिय उत्पादनलाई बजार सम्म पु¥याएर विपन्न बर्गको जिवनस्तर सहज पुग्ने आयोजकको भनाई छ । लघु उद्यमको माध्यम बाट रोजगारी दिई उत्पादित सामग्रीलाई बजार सम्म पु¥याउने लक्षका साथ सहयोगि संस्थाले देशभरका २३ जनामा स्वरोजगार लघु उद्यम कार्यक्रम संचालन गरिएको निर्देशक कार्कीले बताए । न्यून आयलाई मध्यनजर गर्दे ग्रामिण भेगका स्थानियको उत्पादनलाई बजार सम्म पु¥याउन सहजिकरण समेत गर्ने संस्थाले जनाएको छ ।
सहयोगि संस्थाले पाँचखपन नगरपालिका–८ र ९ वडामा ३० जना नयाँ उद्यमीलाई सिपमुलक तालिम संचालन गरिहेको सहयोगि संस्थाका संखुवासभा शाखाकी कार्यक्रम संयोजक बसन्त कुमारी राई जानकारी दिएकी छन् । पाँचखपन–९ मा १६ जनालाई मौरीपालन, १० जनालाई सिलाईकटाई –९ जनालाई तालिम दिइरहेको उनले बताइन् । मादी नगरपालिकामा फर्निचरमा –१२ गरगहना बनाउनेमा –१२ जनाई सिपमुलक तालिम दिइएको छ । चनैपुर नगरपालिकामा –१२ जनालाई सिलाईकटाई, गरगहनन बनाउने–१२ र ७ जनालाई ब्यवसायिक तरकारी उत्पादन तालिम दिएको उनको भनाइ छ । त्यस्तै धर्मदेवी नगरपालिकामा–१२ जनालाई सिलाईकटाई,९ जनालाई ब्यूटी पार्लर र १२ जनालाई ब्यवसायिक तरकारी खेती दिएको कार्यक्रम संयोजक राईले बताइन् ।
सभापोखरी गाउँपालिकामा भएको लघु उद्यमी तालिम अनुगमनमा तथा समापन गरेको छ । जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, समन्वय अधिकारी शेखरबाबु कार्की र घरेलु तथा साना उद्योग कार्यालयलका प्रमुख राम प्रसाद दाहाल, सामुदायिक बन उपभोक्ता महासंघकी अध्यक्ष लक्ष्मी चापाँगाई र सहयोगि संस्था निर्देशक दिपक कार्की सहितको टोलीले लघु उद्यम विकास कार्यक्रम संचालन भएका स्थानको स्थलगत अनुगमन गरेको हो ।
लघु उद्यम विकास कार्यक्रम सेवा प्रदायक संस्था छनौट पछि प्रत्येक गाउँपालिका तथा नगरपालिकाका जनप्रनिधिहरुको भेलाबाट पिछडिएको वडा छनौट गरि संचालन गरिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले अन्तरक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रमा दिइएको तालिमले स्थानिय उत्पादन बढ्ने र उद्यमीहरु स्वरोजगार हुनलाई सहयोग पुग्ने बताए । स्थानिय स्तरमा उत्पादन भएका सामग्रीलाई बजार सम्म पु¥याउने
सहयोगि संस्थाका निर्देशक कार्कीले बताए । तालिममा सहभागिहरुले लिएको सीप उद्योग दर्ता गरि प्रयोग ल्याउने घरेलु तथा साना उद्योग समितिका प्रमुख दाहाले बताए । ग्रामीण क्षेत्र र पिछडिएको क्षेत्रमा संचालन गरि उद्यमी सिर्जना गर्ने यो कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ । तालिममा सिकेका सिपको दैनिक उपयोगमा ल्याए उद्यमीसँगै स्वरोजगार बनाउने उनले बताए ।