धरान : लामो समयदेखी राजनितिक असहमतिले विवादमा रहेको धरानको खानेपानी आयोजना नगरको सातौं नगरसभाबाट साउन १ देखी आयोजना र खानेपानी संस्थानलाई एकिकृत गरि नगरपालिकाले संचालन गर्ने घोषण गरेपछि संघर्ष समितिले आपत्ति जनाउँदै तत्काल निर्णय  पुर्नविचार गर्न माग गरेको छ ।

सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति धरानका संयोजक सुजेन्द्र तामाङले असफल योजनालाई वोर्डमा ल्याएर अघि बढ्नु भनेको धराने जनतालाई अन्तरघात भएको भन्दै तत्काल निर्णय पुर्नविचार गर्नुपर्ने बताएका छन् ।

खानेपानी संस्थान बाहेक एसियाली विकास बैंक अन्र्तगतको खानेपानी आयोजनाले दैनिक १ करोड ३ लाख उत्पादन गर्ने योजना भएपनि दैनिक औसत ६२ लाख मात्र उत्पादन गरेको, घरघरमा दुइ तिन तलामाथि चढ्ने गरी ७ मिटरको प्रेसर हुन्छ भनि भनिएको भएपनि ट्याकींमा पानी चढाउन मोटर जडान गर्न बाध्य हुनुपरेको उनी वताउँका छन । सबै वडामा दैनिक १६ घण्टादेखि २४सै घण्टा दैनिक पानी वितरण हुने आयोजनामा भनिएको भएपनि दिन विराएर पानी वितरण हुने गरेको उनको आरोप छ ।
खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्करबाट समेत पानी बाँड्नु परेको अवस्थामा परीक्षणकाल ३ महिना रहँदा समेत विद्यमान रहनुले आयोजना पूर्ण असफल भएको प्रष्ट देखिएको उनले दावी गरेका छन् ।


बोर्डले पानी खुवाउन नसक्दा उत्पन्न हुने भयावह स्थितिलाई व्यवस्थापन गर्नपनि आयोजना सफलताको प्रमाणिकरण नहुँदासम्म संस्थानलाई जीवित राख्नु पर्ने उनको माग रहेको छ । नगरसभावाट असारभित्रै संस्थान गाभ्ने भन्ने अन्तरघाती निर्णयलाई तत्काल पुनर्विचाार गर्न सम्बन्धित सबैमा अनुरोध समेत उनले गरेका छन् । निर्णय पुर्नविचार नगरे जनतावाट यस निर्णय उपर प्रतिकार हुने कुराको समेत संघर्ष समितिले ध्यानाकर्षण गराएको छ ।

यो पनि: धरानको खानेपानी विवादः राजनीतिक तानातानले नगरलाई वार्षिक ३ करोड नोक्सान