इटहरी :जनप्रनिधि निर्वाचित भएर आएको करिब ३ वर्ष पूरा भएको छ । २०७४ साल असार २४ गते अर्थात् आज कै दिन इटहरीका मेयर, उपमेयर, २० वटा वडा कै वडाध्यक्ष सहित जनप्रतिनिधिले सपथ खाएका थिए । आफ्नो जिम्मेवारी सफलता पूर्वक पूरा गर्छु भनेर सपथ खाएका जनप्रतिनिधिले घोषणा पत्रमा लेखिएका केही काम पूरा गरेका छन् । भने अन्य केही गर्ने प्रकृया छन्, कति त उक्त घोषणा पत्रमा लेखिएको शब्द पनि हेर्न भ्याएका छैनन् । ३ वर्षको अबधिमा जनप्रतिनिधिले यो गरे त्यो गरेनन् भनेर खोज्ने बेला आएको त छैन तर समग्र रुपमा हेर्दा जनप्रतिनिधि भएर आएपछि धेरै काम भने पक्कै भएका छन् । अप्ठ्यारोमा परेका बेला इटहरी सरकार गरेका कामले जनप्रतिधि आएको महशुुस भएको स्थानीय युवा सुनिल कार्की बताउँछन् ।

इटहरी उपमहानरले गरेका ४ उदाहरणीय काम

एकै घरका ४ जना अपाङ्ग गरिवारलाई बार्षिक एक लाख सहयोग

इटहरी–२ का लक्ष्मण तामाङका ४ जना छोरा छोरी अपाङ्ग भएको थाहा पाएपछि गत बर्ष देखि उपमहानगरले आर्थिक सहयोग गर्न सुरु गरेको छ । निर्वाचित भएको केही समयमा मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम लक्ष्मणको घरमै गएर अध्ययन गरी बार्षिक उक्त परिवारलाई नगरपालिकाले एक लाख रकम प्रदान गर्दै आएको छ । तामाङकी २९ जेठि छोरी वर्षीय, २७ वर्षीय जेठो छोरा, २१ कान्छी छोरी, १५ वर्षीय कान्छो छोरा लामो समय देखि अपाङ्ग भएकाले उपमहागरले आर्थिक सहयोग गर्दै आएको उपमेयर गौतमको भनाई छ ।

३६ वर्ष साङ्गलोमा बाँधिएका पुरुषको उद्धार

गत पौष २५ गते इटहरी तरहरामा ५३ वर्षीय डिकबहादुर खड्कालाई ३६ वर्ष साङ्गलोमा बाधिएको थाहा पाएपछि उपमेयर गौतमले उनलाई उद्धार गरि वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगि उपचार गरेकी थिइन् । सो उपचारमा लागेको खर्च पालिकाले बेहोरेको थियो । उनको अबस्था अहिले सामान्य रहेको छ ।

khadka-pradeshportal

भारतमा मृत्यु भएका शबलाई नेपाल ल्याउन पहल

गत माघ महिनामा इटहरीका घर भएका स्थानीय भारतको एक तिर्थयात्रामा निस्किए बेला गाडी दृर्घटनामा परी खनारका ७ जनाको मृत्यु भएको थियो । उपमेयर आफैंले उनीहरुका परिवारलाई साथमा लिएर भारतमा गई उद्धार गरि इटहरीको बुढी गंगा जमुना घाट अन्तेष्ठि गर्नका लागि परिवारलाई आर्थिक सहयोग समेत गरेकी थिइन् ।

khadka-pradeshportal

बाटोमा छ्टपटाई रहेकी सुत्केरी महिलालाई उद्धार

लकडाउनको समयमा सुत्केरी ब्यथाले च्यापेकि एक महिलालाई उद्धार गरेकी थिइन् । चैत महिनामा सुत्केरी ब्यथा लागेपछि इटहरीका विभिन्न अस्पताल पुर्याउँदा उपचार गर्न नसक्ने बताएका थिए । उनका श्रीमान्ले उनलाई वीपी प्रतिष्ठान लैजादैं गर्दा हलगडामा ब्यथाले च्यापेपछि सुत्केरी महिला बाटोमै चिच्याईरहेको थाहा पाएर उपमेयर गौतमले आफ्नै गाडीमा राखेर इटहरी अस्पताल पुर्याई सुत्केरी महिलाको ज्यान बचाएकी थिइन् । अहिले उक्त महिला र बच्चाको अबस्था सामान्य रहेको छ ।

यी त एक उदाहरण पात्र मात्रै हुन् उपमहानगरले स्थानीबासीलाई दुखको बेला सहयोग गर्ने धेरै ठाउँ रहेको स्थानी सुरेश दाहालको भनाई छ । कतिपय निम्न स्तर भएका जनता उपचारको अभावका कारण रोगसगँ जुधिरहेका रहेका छन् । त्यस्ता नागरिकलाई पालिकाले निशुल्क स्वास्थ्य विमा गरी औषधी उपचार गर्नु पर्ने तर्क गर्छन् ।