इटहरी: सुनसरीको इटहरीमा अव होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा समेत वस्न पाइने भएको छ । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि,जनप्रतिनिधि,होटल ब्यवसायी,स्वास्थ्यकर्मी समेत सहभागि वैठकले सरकारको होम क्वारेण्टिन सम्वन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्फ क्वारेण्टिनमा वस्न सकिने निर्णय भएको हो ।
होम क्वारेण्टिनमा वस्न वडा कार्यालयको सिफारिस अनिर्वाय गरिएको छ । यसैगरि खाना र आवासका लागि न्यूनतम शूल्क लिने गरि तोकिएका होटलहरुमा पनि वस्न सकिने निर्णय गरिएको छ ।
होम तथा होटल क्वारेण्टिनमा वसेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ परामर्श र परीक्षण सेवा इटहरी उपमहानगरले उपलब्ध गराउने छ । उपमहानगरले कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न उपमहानगरवासीलाई आग्रह गरेको छ । अनिवार्य माक्स लगाउन,सेनिटाइटर प्रयोग गर्न,दुरी कायम गर्न आग्रह गरेको हो ।