धनकुटा:  नाग पञ्चमीको अबसर पारेर धनकुटाको हिले स्थीत बक्रकुण्ड मन्दीर परिषरमा नागको मुर्ति स्थापना गरिएको छ ।
मन्दीरको धर्मिक तथा पर्यटकिय महत्ब बढाउन सात मुख भएको नागको करिब दश फुट अग्लो मुर्ति स्थापना गरिएको हो ।

धनकुटा नगरपालिकाले पर्यटन क्षेत्र बिकासको लागि गरेको १८लाख रुपैया आर्थिक सहयोग मध्ये करिब आठ लाख रुपैयामा यो मुर्ति स्थापना गरिएको मन्दिर ब्यबस्थापन समितिका सचीब भोगेन्द्र थापाले जानकारी दिनुभयो । मुर्तिको धनकुटा नगरपालिकाका मेगर चिन्तन तामाङ्ग र श्री नम्बर दुइ बाहिनी अड्डाका बाहिनीपती यम प्रसाद ढकालले संयुक्तरुपमा उद्घाटन गर्नु भयो ।

१० बर्ष अघि नाग पञ्चमीको दिन नाग देबता देखिए पछि यहा यो मन्दिरको स्थापना गरिएको थियो । नागपञ्चमीको दिन यहा भक्तजनको बिशेष भिडभाड रहने गरेको थियो । तर यो बर्ष भने कोरोना त्रासका मन्दिर न्युन संख्यामा मात्र भक्तजन आएका छन् ।