इटहरी :आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाव परीक्षण गर्ने र त्यसपछिको अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।

मेयर चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी भित्र सामान्य रुपमा लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा ब्यवसाय स्वास्थ्य अबस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने जस्ता निर्णय गरेको छ ।