इटहरी:उनी रुदैँ भन्छिन् ‘जेठिछोरी यहि रोगले यो संसार छाडि, श्रीमान् सोझा छन्, पहाडमै काम गर्दै आफ्नो जीवन चलाउँदै आएकका छन् । यस्तो उमेरदारी छोरा केही गर्ला भनेको त्यो पनि छैन । अर्कि सानी छोरी पनी यहि रोगले ग्रस्त छे । महिनाको २५ सयका दरले ५ महिना भयो कोठाभाडा तिर्न नसकेकोे, के गर्नु सर, म बाँच्नु कि मर्नु ?’

परिवारका तिनै जना छोराछारीलाई एउटै रोगले सताएपछि इटहरीका एक परिवारको बिचल्ली भएको छ । संङ्खुवासभा चैनपुर २ घर भई हाल इटहरी १९ मा कोठाभाडामा बस्ने अमृता राईलाई लामो समयदेखि छोराछोरीमा भएको रोगले चिन्तित बताएको हो ।

उनका एक छोरा र दुई छोरीमा दीर्घकालिन बाथ रोग छ । छोराछारीको उपचारमा परिवारको सबै सम्पति सकिएपछि उनको परिवार अहिले समस्यामा परेको छ ।
सुरुमा उनकी जेठि छोरी प्यारी राईमा करिब १० वर्ष अघि उक्त रोग देखिएको थियो । त्यतीखेर अमृता नेपाल बाहिर थिइन् । छोरीलाई सुरुमा ज्वरो, रुघाखोकी लागेको थियो । उपचारको लागि पैसा पठाईन् । तर रोग निको नभएपछि घर फर्केर उपचारमा लागिन् ।

शरीर भित्र मुटु, कलेजो, जस्ता माशंपेशीमा सियोले घोचे जस्तो गर्ने, पछि बाहिरी छालामा पनि घमौरा जस्तो फोका आउने हुन्थ्यो । ८ वर्ष उपचार गरेपछि उनले विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष पछि बच्चा भयोे । बच्चा जन्मेको १ वर्ष नपुग्दै सोही रोगले उनको ज्यान लियो । राईकी तीन वर्षकी छोरी मावलको संरक्षणमा छिन् । छोरीको उपचारमा १० लाख खर्च हुँदा पनि बचाउन सकेनन् ।

उनको मृत्यु भएको आलो घाउको चोट नसकिदैं छोरा र कान्छी छोरीमा पनि उस्तै रोग देखिएको छ । उनको जेठो छोरो २१ वर्षीय समिर र १५ वर्षीय निरुता विगत ५ वर्ष देखि मृत्युसँग जुधिरहेका छन् ।
समिर संखुवासभामा ८ कक्षा पढ्दै गर्दा उक्त रोग देखिपरेपछि अमृताले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न ल्याएकी थिइन् । उपचारमा एकपटक आउँदा कम्तिमा १ लाख खर्च हुने गरेको उनले बताईन् । शरीरको मुटु, किड्नी, पेटबाट बेलाबेलामा पानी निकाल्नु पर्ने भएकाले संखुवासभाबाट धाउन गाह्रो भएपछि आफ्नो श्रीमान्लाई पहाडमै छोडेर छोरा समिर, छोरी निरुता र छोरीकी छोरी लिएर अमृता इटहरीमा कोठाभाडा लिएर बस्न थालेकी हुन् ।

समिर कक्षा ९ र १० तरहराको जनसहयोग माध्यमिक विद्यालयमा पढ्दै गर्दा स्वास्थ्यमा घाम, पानी, धुलोले असर गरेपछि उनले १० कक्षाको वार्षिक परीक्षा नदिई पढाई छाडे । छोराछोरीका लागि हप्तामा एक पटक अस्पताल लैजानु पर्ने र एक पटक अस्पताल लैजादाँ २० हजार देखि १ लाख सम्म खर्च हुने गरेको अमृताले बताईन् ।

त्यसमाथि पनि महिनाको एक जनालाई १२ हजारको औषधी खुवाउँदा उनको सबै सम्पति सकिएको छ । उनी दैनिक श्रम गरेर छोराछोरीको उपचार गर्नलाई आर्थिक श्रोत जुटाउन काम समेत गरिन् । दुई महिना काम गरेपछि विरामी छोराछोरीको हेरचाह गर्नुपर्ने, २ वर्षकी नातिनीको स्वाहारसुसार गर्नु पर्ने भएकाले उनले काम गर्न छोडिन् ।

केही समय देखि चैनपुर नगरपालिकाको सहयोगमा स्वास्थ्य विमा कार्यक्रमबाट औषधी खाईरहेको भएपनि साउन महिना देखि त्यो रकम सकिएकाले अब कसरी छोराछोरीलाई बचाउने भन्दै अमृता आखाँमा गहभरि आँसु पार्दै रुन्छिन् । उनी रुदैँ भन्छिन् ‘जेठिछोरी यहि रोगले यो संसार छाडि, श्रीमान् सोझा छन्, पहाडमै काम गर्दै आफ्नो जीवन चलाउँदै आएकका छन् । यस्तो उमेरदारी छोरा केही गर्ला भनेको त्यो पनि छैन । अर्कि सानी छोरी पनी यहि रोगले ग्रस्त छे । महिनाको २५ सयका दरले ५ महिना भयो कोठाभाडा तिर्न नसकेकोे, के गर्नु सर, म बाँच्नु कि मर्नु ?’

समिरले आफ्नो र बहिनी निरुताको ज्यान बचाउन घरपरिवारको सबै सम्पति सक्किएको भन्दै सबैमा आफुँले सकेको आर्थिक सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
हाल समिर र निरुतालाई एक महिनाको २० हजार देखि ३० हजारको औषधी चाहिने गरेको छ । समिरको उपचारमा वीपी प्रतिष्ठानका तत्कालिन डाक्टर निशान भुर्तेलले हेर्ने गरेका थिए । तत्कालिन अबस्था देखि करिब ३ वर्ष उनलाई उपचार गरे ।

डाक्टर निशानका अनुसार समिरलाई अनौठा प्रकारको बाथ रोगको हो । यो रोगले बिरामीलाई आफ्नो शरीर नै हैन जस्तो बनाउँछ । समिरको शरीरको किड्नीमा, मुटुमा आक्रमण गर्यो जसले गर्दा उनको शरीरको विभिन्न भागबाट पानी निकाल्नु पर्ने हुन्छ । डाक्टरका अनुसार विरामी समिर, निरुताले दैनिक १ सय ५० रुपैंया पर्ने औषधी लगातार ३ देखि ४ वर्ष सम्म खानु पर्ने हुन्छ । यसले रोग पुरै निको नभएपनि केही रुपमा परिवर्तन गर्दछ । विशेष गरि छोरी मान्छे भन्दा छोरा मान्छेमा यो रोग बढी देखिने भएकाले समयमा उपचार नगर्दा ज्यान खतरामा रहने डाक्टर निसानको भनाई छ ।