धनकुटा :किरात राज्य हुदा होस् या धनकुटा गौडा हुदा होस्, धनकुटाको साँगुरीगढी मुख्य नाकाको रुपमा रहयो । पञ्चायतकालको आधाउधि समयपनि यो पुर्बि पहाडको महत्बपुर्ण ठाउको रुपमा रहेको थियो । देशमा आएको संघीयता पछि यही गढीको नामवाट यो क्षेत्रकोे साँगरीगढी गाउँपालिका नामाकरण गरियो । तर यहि केन्द्र भने अहिले गुमनाम जस्तै छ ।
पुर्बको पर्यकिय नगरी भेडेटार संगै रहेको ऐतिहासिक साँगुरी अहिले गढी गुमनाम जस्तै छ । पुर्बको इतिहासमा महत्बपुर्ण भुमिका खेलेको यो गढी र संवद्र्धन र प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । किरात शासनकालमा यो गढीलाइ नेपाल भारत साथै भारत चिन ब्यापार निगरानी तथा अपराधिक ब्याक्तिलाइ नियन्त्रण लिने स्थानको रुपमा रहेको थियो । त्यस्तै नेपाल एकिकरणको क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्रमा रहेको यो गढीलाई वि.स.१८३१ साउनमा नेपाल राज्यमा एकिकृत गराइ यहि गढी हुदै अन्य स्थलमा सेना पाठाउने गरेको इतिहासमा उल्लेख छ ।
त्यसपछि २०३६ साल सम्म यो पुर्बि पहाडको प्रबेशद्धारको रुपमा रहयो । त्यस पछि धरान धनकुटा सडक बनेपछि यो स्थान सुनसान छ । यो महत्बपुर्ण स्थानको प्रचारप्रसार गर्नसके प्रसस्त पर्यटकिय सम्भावना बोकेको अध्यक्ष होटल एसोसिएसन भेडेटार जितेन्द्र रुम्दालीको भनाइ छ ।

sagurigadi 2

यो गढी पर्यकिय नगरी भेडेटारबाट ३ किलोमिटर उत्तर पश्चिममा रहेको छ । भेडेटारमा दैनिक सयौको संख्यामा पर्यटक पुग्ने गरेका छन् । तर यो गढीमा भने आक्कलझुक्कल एकाएक मात्र पर्यटक पुग्ने गरेका छन् । त्यसो त पर्यटक भित्राउन पर्यटन बिकास कार्यलय काँकडभिटा तथा तत्कालिन जिल्ला बिकास समितीले लाखौ रुपैया खर्चेर पुर्बाधार त निर्माण गरेका थिए । यहा सम्म पुग्ने सिढी, प्रबेशद्धार, ट्वाइलेट रेलिङ्ग, लगायतका संरचना निर्माण भएका छन् । तर सिडिहरुले झार पलाएर नदेखिने अवस्थामा छन । आफ्नो ध्यान कम पुगेको स्वीकारदै प्रचारप्रसार तथा गढीमा पुग्न बाटोको समस्याका कारणले ओझेलमा परेको भएपनि त्यसको लागि गाउँपालिकाले काम गरिरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याख्खाले बताए
धरान देखि यहि गढी हुदै एकिकृत पद मार्ग घोषणा त गरीएको छ । तर त्यसकालागि थप पुर्बाधार बिकास गर्न नसक्दा तथा प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको भए पनि गाउँपालिकाकै नाम रहेको ऐतिहासिक गढीको संरक्षण, संवद्र्धन र प्रचारमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।