इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिद्धारा इटहरीको एक परिवारलाई १लाख बराबरको स्वास्थ्य विमा सहित खाद्यान्न सहयोग गरेको छ । क्लबले आइतबार एक कार्यक्रम गरी इटहरी १९ चौतारी चौक बस्ने बाथ रोगले पिडित परिवारलाई घरमै पुगेर सहयोग गरेको हो ।

संखुवासभा चैनपुर घर भई हाल इटहरी १९ बस्ने अमृता राईको परिवारलाई संस्थाले औषधी उपचारका लागि १ वर्षको स्वास्थ्य विमा सहित दाल,चामल, भुजिया,चिउरा सहित खाद्यान्न सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष लक्ष्मी गौतम बरालले लायन्स क्लब एउटा दुखी गरिबको साहरा बनेर विपन्न परिवारलाई सहयोग गर्ने संस्था रहेको बताउँदै यस्तो समस्यामा परेको परिवारलाई सहयोग गर्न पाउँदा आफुँ मात्रै नभई संस्थापरिवार नै खुसी रहेको बताईन् ।

lions 4

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष एओजि राजेन्द्र केशरी घिमिरेले क्लबको उद्देश्य तथा लक्ष्य नै बेसहरा परिवारको साहरा बन्ने गरेको बताउँदै समस्यामा परेका ब्यक्तिहरुको उद्धारका लागि क्लब सदैव तयार रहेको बताए । उनले यस्तो एउटा पिडामा रहेको परिवारलाई सहयोग गर्न पाउँदा क्लब खुसी रहेको बताए ।
पिडित राईकी जेठी छोरी प्यारी राईको दिर्घकालीन बाथ रोगका कारण ३ वर्ष अघि मृत्यु भएको थियो । उनको मृत्यु भएको केही समय पछि सोही रोग उनका २१ वर्षीय भाई समिर र १५ वर्षीय बहिनी निरुतालाई पनि देखा परेको छ । समिर र निरुता विगत ५ वर्ष देखि उक्त रोगबाट पिडित छन् ।

lions 5

उनीहरुले एक महिनामा करिब २० हजार बराबरको औषधी खानु पर्ने र समय समयमा शरिरका मुटु, किड्नीबाट पानी निकाल्नु पर्ने भएकाले उपचारमा घरपरिवारको सबै सम्पति सक्किएको उनीकी आमा अमृताले बताईन् । अहिले उनीहरु इटहरी १९मा कोठाभाडामा बस्दै आएका छन् ।

केही दिन अघि अचम्मको रोग जेठिछोरीको मृत्यु, २ छोराछोरी ५ वर्ष देखि पिडित,अमृता भन्छिन्ः सबै सम्पति सक्कियो अब केले उपचार गर्नु ? (भिडियो सहित) भन्ने शिर्षकमा प्रदेशपोर्टल डटकमले समाचार समेत प्रकाशित गरेको थियो । उक्त समाचारबाट नै संस्थाले थाहा पाएर सहयोग गरेको क्लबकी अध्यक्ष लक्ष्मी गौतम बरालले बताईन् ।
उनले एउटा मात्रै संस्थाले सहयोग गरेर यो परिवारको समस्या समाधान नहुने बताउँदै विभिन्न सस्ंथालाई सहयोगका निम्ति आग्रह समेत गरेकी छिन् ।

कार्यक्रममा जिल्ला चियरपर्सन नेल्सन ढकाल, इटहरी वडा नम्बर १९ की वडा सदस्य तथा कार्यपालिका सदस्य ईन्दिरा राई, क्लबका सचिब लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

lions 2