झुम्का: सुनसरीको रामधुनी नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चारै जना पुरुष हुन् । संक्रमित मध्ये १ जना क्वारेन्टिनमा बस्दै आएका छन् भने अन्य तिन जना स्थानीय रहेको नगरपालिकाका मेयर जय प्रकाश चौधरीले जानकारी दिए ।
उनीहरुको केहीदिन अघि गरिएको स्वाव परीक्षणमा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मेयर चौधरीका अनुसार उनीहरुलाई थप उपचारका लागि कोभिड अस्पताल लाने भनिएपनि सबै अस्पतालमा बिरामीको चाप भएकाले आज लान नसकिएको बताए । उनीहरु लाई मंगलबार अस्पताल लैजाने तयारी भईरहेको समेत मेयर चौधरीको भनाई छ ।

संक्रमित १ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य तिन जना आफ्नै घरमै बसीरहेका छन् । कोरोना देखिएका मध्ये एक जना जनप्रतिनिधि समेत रहेका छन् ।

यो सगैं रामधुनी नगरपालिकामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छन् ।