सङ्खुवासभा: सङ्खुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर स्काभेटर चालकको घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका जिल्लाका ३० वर्षीय स्काभेटर चालक र्हक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

मंगलबार दिउँसो करिब १ बजे खाँदबारी–किमाथाङ्का सडकमा ढुङ्गा फुटाउदै गर्दा सडक माथि बाट खसेको ढुङ्गाले लागेर चालक तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।