इटहरी: बिहीबार प्रदेश १ मा थप १ सय १५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।

२४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुन्मा मोरङमा मात्रै ८८ जना रहेका छन् । मोरङको विराटनगर महानगरपालिका भित्र मात्र ६० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । यस्तै बुढीगंगा गाउँपालिकाका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरूष छन् ।

बुढीगंगा देखिएका संक्रमितमध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् भने वडा नम्बर २ का ३ जना र वडा नम्बर ७ का १ जना रहेका छन् । कटहरीमा तीन जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जनामा संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष र ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबीमा ३ र रामधुनीमा १ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा १ जना, इलामा ४ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुनुमध्ये २ जना प्रदेश नं. २ का हुन् भने ८ जना मोरङका हुन् ।

प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।