इटहरी: सुनसरीको इटहरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इटहरी उपमहानगरपालिका १९ का ४५ बर्षीय पुरुष रहेका छन् ।
संक्रमित पुरुषको गत २५ गते स्वाव संकलन गरी परीक्षणका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा आज रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जानकारी दिएको छ । यो सगैं इटहरीमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।