इटहरी: सुनसरीको इटहरीमा रुखबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । इटहरी २ भुल्के चोक घर भएका ७८ वर्षीय सुर्य बहादुर कोईरालाको शुक्रबार रुखबाट खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी देविथानका असई खम्ब बहादुर बिश्वकर्माले जानकारी दिए ।
शुक्रबार दिउँसो ३ बजे तिर घरबाट हर्राे टिप्न भनि हिडेका कोइराला इटहरी स्थित तरहराको पानीपीया जङ्गलको रुखबाट खसेर मृत्यु भएको हो ।

उनको शबलाई पोस्टमार्टमको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी चौकी देविथानका असई बिश्वकर्माले बताए ।