इटहरी: लामो समय देखि दातँ सम्बन्धी उपचारमा संलग्न डाक्टरको सक्रियतामा इटहरीमा हाम्रो समाज डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । हरेक ब्यक्ति दाँतका विभिन्न रोगका कारण समस्यामा रहने भएकाले लामो समय अध्ययन गरी सञ्चालनमा ल्याइएको सञ्चालक समिप ढकालले बताए ।
उक्त क्लिनिकमा विराटनगरको नोबेल मेडिकल कलेज र धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरेर आएका डाक्टरहरु ज्यात्स्ना घिमिरे र भुषण भट्टराईले सेवा प्रदान गर्ने छन् ।
इटहरी उपमहानगरपालिका अगाडी रहेको क्लिनिकमा आधुनिक र भरपर्दाे उपकरणहरु रहेको बताउँदै आपतकालीन र ओपिडी सेवा समेत उपलब्ध रहेको सञ्चालक ढकालाले बताए ।