इटहरी :नेपाल विद्यार्थी संघले सुनसरीको इटहरी स्थित जनता बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।
नेवि संघ केन्द्रीय समितिको परिपत्र अनुसार काठमाडौं र बिरगंजमा जबर्जस्ती धरपकड गरिएका विद्यार्थी नेताहरु बिनासर्त तत्काल रिहाईको माग गर्दै देशभरिको क्याम्पस तालाबन्दी गर्ने केन्द्रीय समितिको निर्णय बमोजिम इटहरीको जनता क्याम्पस लगायत जिल्ला भरिका क्याम्पसहरुमा ने.वि.संघले सोमबार(आज) तालाबन्दी गरिएको हो ।
जनता क्याम्पसका ईकाई अध्यक्ष सहदेव काफ्लेद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ, उक्त दुई स्थानमा पक्राउ गरेको घटना प्रति घोर निन्दा र भत्र्सना गर्दै पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न र निरंकुस र गैरजिम्मेवार वर्तमान सरकार समक्ष माग गर्दछौं ।
तत्काल विद्यार्थी नेताहरु रिहाई नभए देशभर आन्दोलन चर्काउने समेत चेतावनी दिएको छ ।
केही दिन अघि नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई त्रिभुवन विश्वविद्यालयबाट सम्झना खत्री सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने विरगजंमा कोरोना संक्रमितलाई लापरर्वाही विरुद्ध र संक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको विषयमा विवाद हुदाँ विद्यार्थी नेता विकास तिवारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै ने.वि.सघंले केही दिन अघि सोही क्याम्पसका प्राध्यापकद्धय राजन भट्टराई र कृष्ण कला राई बीचको कुराकानीलाई विभिन्न संचारमाध्यम र सामाजिक संजालमा आएको र विभिन्न टिकाटिप्पणी भएको भन्दै तत्काल यस विषयलाई टुङ्याउन समेत ईकाइ कमिटिले क्याम्पस प्रशासन समक्ष आग्रह गरेको छ ।
संघले एक विज्ञप्ती जारी गर्दै क्याम्पस बाहिर भएका ब्यक्तिगत घटनालाई क्याम्पसको नाम जोडेर क्याम्पसको बदनाम गराउने र मर्यादा विपरित कुराकानी गर्ने प्राध्यापहरुमाथी छलफल गरी कडा भन्दा कडा कारर्बाही गर्न माग गरेको छ ।
साथै ने.वि.संघले सो विषयलाई ७ दिन भित्र टुङ्गोमा नपुर्याए आन्दोलन गर्ने समेत बताएको छ ।