धरान: सुनसरीको धरान उपमहानगरपालिकामा पुनः लकडाउन थप गरिएको छ ।

धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले यस भन्दा अघिको लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै कायम रहेको लकडाउनलाई भदौ १० गतेसम्म जारी राख्ने निर्णय भएको कार्यपालिका बैठकमा सहभागी धरान–९ का वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएका छन् ।

धरानमा समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएकोले लकडाउन थप गरिएको हो । अबदेखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्ध जन्य सामाग्रीका लागि बिहान ८ बजेसम्म सामाजिक दुरी कायम गरी खुल्ला गर्ने निर्णय समेत भएको छ ।