इटहरीः समयमै डाक्टर अस्पतालमा नआउँदा उदयपुर अस्पतालमा बिहिबार राती एक जना सुत्केरी गराउन गएकी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ कि ३२ बर्षीया सिता राउत कार्की रहेको बताइएको छ । सितालाई गत फागुन १७ गते प्रसुति गराउन उदयपुर अस्पतालमा भर्ना गरिएको थियो । बिरामी भर्ना भएपछि डाक्टरले उनलाई सामान्य प्रसुति हुन सक्ने भन्दै आश्वासन दिएको तर बिरामीको बारेमा स्वास्थ्यकर्मीसँग बुझ्न जाँदा अपशव्द बोल्ने तथा दुव्र्यवहार गर्ने गरेको पिडितहरुले बताएका छन् ।

समयमानै प्रसुति गराउने सम्बन्धित चिकित्सकलाई खवर गर्दा स्वास्थ्यकर्मीले चिकित्सक विहान ५ बजे आउने भनिएता पनि समयमा नै उपचार पाउन नसक्दा बिरामीको राती २ बजेनै मृत्यु भएको बताइएको छ । अस्पतालमा भर्ना भइसकेको बिरामीले पनि डाक्टर समयमा नपाएर मृत्यु भएको भन्दै उदयपुरमा मानवअधिकारकर्मी १४ वटा संस्थाले अस्पतालको लापारवाहीको कारण ज्यान गएको भन्दै नागरिकको उपचार पाउने नैसर्गिक अधिकारको हनन् भएको निश्कर्ष निकालेका छन् ।

274794941_3327491154148229_8081220015360934293_n

शनिबार एक विज्ञप्ति जारी गर्दै गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव महेश्वरी राई, महिला मानव अधिकार रक्षक संजाल उदयपुरकी अध्यक्ष माया भण्डारी, गैरसरकारी संस्था महासंघका शैलेश बस्नेत, मानव अधिकार जिल्ला संजाल उदयपुरका भरत खड्का, ओरेक नेपालकी वाला कार्की, महिला अधिकारका लागि एकल महिला जिल्ला समुह उदयपुरकि सानुमैया कार्की, दलित महिला संघ फेडोकी शुसिला बिक, महिला मुलधार सेवा केन्द्रका सुमन परियारले ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने अन्यमा महिला सशत्तिकरण स्रोत केन्द्रकी अप्सरा समाल, नेस्पेकका अर्जुन पोखरेल, हुरेन्डेक उदयपुरका शंकर थापा, सेता गुरास उदयपुरकी देवी कटवाल, मानवअधिकार एलायन्स उदयपुर र शुसाक्वा दिपायतीले हस्ताक्षर गरेका छन् ।

सयुक्त विज्ञप्ती जारी गर्दै उनिहरुले प्रत्येक नागरिकले आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने भन्दै संविधान प्रदत्त अधिकारबाट कार्कीलाई बन्चित गराइएको भन्दै अस्पतालको ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पताल उदयपुरको चरम लापरवाहीले महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हकको हनन् भएकोले घटनाको छानविन गरी कडा भन्दा कडा कारवाही गर्न मानव अधिकार सन्जाल र संघसस्थाहरुले माग गरेका छन् ।