विराटनगरः नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ मा स्थापना भएको प्रदेशस्तरीय कृषि उद्यम केन्द्रको बिहीबार उद्घाटन भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले महासङ्घको प्रदेश नं. १ को सचिवालय बरगाछी विराटनगरमा एक समारोहका बीच केन्द्रको उद्घाटन गरेकी हुन् । अध्यक्ष राणाले नेपाल सरकारसँगको सहकार्यमा महासङ्घमा विगत २८ वर्षदेखि कृषि उद्यम केन्द्रले कृषि क्षेत्रमा काम गर्दै आइरहेको बताइन् ।

सो केन्द्रको सभापतिमा नरेन्द्रकुमार खड्का तथा सदस्यमा राजेन्द्र राउत र लीलम बस्नेत रहेका छन् ।