फ्रान्सबाट नेपाल आएका एक नागरिकलाई कोरोना संक्रमित भएको पुष्टि

  • चैत्र १०, २०७६
  • ४४९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौं: नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिबन्धित नेकपाका कम्पनी कमिसारसहित दुई जना मिक्लाजुङबाट पक्राउ

इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १घुर्मिसेबाट हिजो बुधबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रत ...

असारको अन्त्यसम्म देशका सबै गरिबले परिचयपत्र पाउने

इटहरीः सरकारले आगामी वर्षको असार मसान्त सम्ममा देशभरका गरिब परिवारको पहिचान गरी परिचयपत्र प्रदान गर् ...

मृत्युदण्डको बहसःआवश्यकता कि बाध्यता ?

काठमाडौँः बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved