वीरगन्ज :जनता समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका छन्।

उने फेसबुक वालमा पोष्ट गर्दै भनेका छन्,‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।’

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्।
उनले पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेको जनाए।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो।

pradip post