झापाः खैरो हिरोइनसहित झापाको बिर्तामोडका २१ वर्षीय अनिष उप्रेती काँकरभिट्टामा पक्राउ परेका छन् । भारतको पानीट्याङ्कीबाट नेपाल आउने क्रममा उनको गतिविधिमा शङ्का लागी शरीर जाँच गर्दा लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टाको टोलीले उप्रेतीको साथबाट ४ ग्राम खैरो हेरोइन फेला पारेको ब्युरोले जनाएको छ । सानो प्लाष्टिकमा पोको बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा सो परिमाणको खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका उप्रेतीले आफूलाई डब्लु भन्ने व्यक्तिले सो हेरोइन ल्याउन लगाएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।