धरानः विष्णुपादुकास्थित भालढुङ्गा सामुदायिक वनमा सखुवा प्रजातिको काँचो रुख कटान प्रकरण ४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रुख काट्न गएका श्रमिहरु रहेको सव–डिभिजन कार्यालय धरानका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन ।
नगर प्रमुख तिलक राईको निर्देशन र वन समुहका कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा सखुवाको रुख काटिएको भनिएको प्रकरणमा ६ जनाको नाममा किटानी जाहेरी हालेपनि वन कार्यालयले ४ जनालाई मात्र पक्राउ गरेको छ ।
वन समुहका अध्यक्षका अनुसार नगर प्रमुख तिलक राई, वन समुहका कोषाध्यक्ष भीम वस्नेत र रुख काट्ने श्रमिकहरु शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद तामाङको नाममा किटानी जाहेरी दिएका थिए ।
तर, वन कार्यालयले भने काट्न जाने ४ जना श्रमिकलाई मात्र पक्राउ गरेको छ । वन समुहका अध्यक्ष भिम तामाङलाई पक्राउ बारे जानकारी नभएको वताएका छन । उनले ६ जनाको नाममा किटानी जाहेरी दिएको वताएका छन । ६ जनाको नाममा किटानी जाहेरी दिएपनि ४ जना श्रमिकलाई मात्र पक्रिनुले वन कार्यालय पनि पावर र पहुँचको पछि लागेको वताउँछन ।
वन कार्यालयका पदाधिकारी नै दुइ पक्षमा भएपछि वन कार्यालयले कार्वाहीको प्रक्रिया अगाडी बढाउन सकेको थिएन ।
गत २२ गते डिभिजन कार्यालयले अनुसन्धान अधिकृत राजेन्द्र यादव प्रसादलाई नियुक्त गरेको थियो । अनुसन्धान अधिकृत यादवले छानविनका लागी पक्राउ गरेको वताएका छन । यादव उनीहरुबाट कसले काटेको हो भनेर खुल्ने वताउँछन । भदौ १३ गते काटिएको काठ १६४.२३ क्युविक फिट रहेको छ ।