दमकः झापाको दमकमा बन्चरो प्रहारी गरेर छोराले आमाको हत्या गरेका छन् । कमल गाँऊपालिका ७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमा मिरा ऋषिदेवको हत्या गरेका हुन् । उनले आईतवार राती मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरालाई बन्चरोले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको झापा प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छोरा दिनेशलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।