इटहरी: विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ९ देखि बन्द गरेको आन्तरिक हवाई उडान सोमबार बाट सुरु भएको छ ।

सरकारले असोज १ बाट यतायात तथा ५ गते देखि उडान सञ्चाल गर्ने अनुमती दिए सगै उडान सुरु भएको हो ।
आन्तरिक उडान खुले सगै नेपाल एयेरलाईन्सले पहिलो उडान गरेको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७:४३ मा नेपाल एयरलाइन्सले १६ जना यात्रु लिएर काठमाडौँबाट भोजपुर उडान गरेको छ ।

आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।

शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६-४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ ।

यात्रुले सुरक्षा सतर्कताको प्रकिया अपनाउँदा कम्तिमा १ घण्टाको समय गुजार्नु पर्ने भएकले कम्तिमा २ घण्टाअघि नै एयरपोर्ट पुग्न आह्वान गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छन् ।

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछ सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो ।

सो लगत्तै विमान कम्पनीहरूले टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म टिकट बुकिङ सन्तोषजनक नै रहेको बायु सेवा सञ्चालकहरूले जनाएका छन् ।

पूरै सिट क्षमतामा यात्रु राख्न पाइने भएपछि पूरानै भाडादरमा उडान भएका छन् । महामारीको समयमा आर्थिक गतिविधि चलायमान नहुँदा यसले यात्रुलाई राहत मिल्ने संघका प्रवक्ता योगराज कँडेलले बताए ।