इटहरी –  ‘हिम चितुवा’ उपनामले चिनिएका दशपटक सम्म बिना अक्सिजन सर्वोच्च शिखर सगरमाथा चढेका किर्तिमानि आरोहि आङरिता शेर्पाको निधन भएको छ ।

नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अुसनार सोमबार विहान १० बजे उनको निधन हो ।

शेर्पाले विनाअक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।

लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा निधन भएको हो ।