इटहरीः अवैध तरिकाले मोरङ बाट सुनसरी तिर ल्याउँदै गरेको बालुवा, ढुङ्गा, गिट्टी बोक्ने नौ वटा ट्रयाक्टर इटहरी इलाका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी डिउटिको क्रममा कागच पत्र चेकजाच गर्ने क्रममा नगरपालिकाको रसिद र उत्खनन गर्ने अनुमतिपत्र नभेटिए पछि नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयका डिएसपी शिव कुमार श्रेष्ठका नियन्त्रणमा पर्ने ट्याक्टरहरूसग ढुङ्गा गिट्टी बोक्ने कुनै प्रकारको कागज पत्र नभएकोले नियन्त्रणमा लिइएको बताए । सवारीको लाइसेन्स र ब्लु बुक बाहेक केही अन्य केही कागाचपत्र नभएकाले निरन्त्रणमा लिएका छौ । प्रहरीले नियन्त्रणमा लिएका नौ वटा ट्रयाक्टर मध्ये छ वटा ट्रयाक्टर ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाएको छ ।