इटहरीः  भारतले प्याजको निर्यातमा रोक लगाएसँगै भारतबाट प्याज नआउँदा व्यवसायी कालोबजारीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले प्याजको विक्री मुल्य प्रतिकिलो ७५ रुपैयाँ कायम गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले व्यवसायीसँग छलफल गरी यो मल्य कायम गरेका हन् । गत आइतबार सामदाकि सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको बैठकले प्याजको खुद्रा मूल्य प्रतिकिलो ७५ र थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरेको थियो । मूल्य नतोकेको फाइदा उठाउँदै व्यवसायीले प्रतिकिलो एक सय रुपैयाँ सम्म असुल गर्ने गरेकोमा अब भने उपभोक्ताले उचित मूल्यमा प्याज खरिद गर्न सक्ने प्रशासनको विश्वास रहेको छ । प्रशासनको निर्णयविपरीत बढी मूल्यमा प्याज बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने प्रतिबद्दता प्रशासनले व्यक्त गरेको छ ।